काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री बालेद्र साहले प्रदेशका मुख्यमन्त्रीहरूसँग समसामयिक विषयमा छलफल गरेको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित बैठकमा विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूको सहभागिता रहेको थियो । छलफलमा पाँच प्रदेशका मुख्यमन्त्री सहभागी भए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेका कारण अनुपस्थित रहे भने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि विदेशमा भएकाले बैठकमा सहभागी हुन सकेनन् ।
बैठकमा मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति रहेको थियो ।














