काठमाडौं, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि मासिक लेबी निर्धारण गरेको छ ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्रीहरूका लागि १८ हजार रुपैयाँ र सांसदहरूका लागि १६ हजार ५ सय रुपैयाँ लेबी तोक्ने प्रस्ताव पारित गरेको हो । उक्त जानकारी प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले बताए ।
बैठकले स्वकीय कर्मचारीका लागि पनि लेबी तोक्ने निर्णय गरेको छ । हालका लागि मन्त्रीका स्वकीय सचिवहरूमा लागू हुने गरी २ हजार रुपैयाँ लेबी निर्धारण गरिएको छ ।
यस्तै, भविष्यमा सांसदहरूले पनि स्वकीय कर्मचारी राख्ने व्यवस्था भएमा उनीहरूका स्वकीयलाई समेत २ हजार रुपैयाँ लेबी तिर्नुपर्ने प्रावधान लागू गरिने जनाइए ।














