जनकपुर, ३ वैशाख। नेपाल आयल निगमले डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य वृद्धि गरेको छ।
निगमका अनुसार डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरिएको हो।
नयाँ दरअनुसार डिजेल र मट्टीतेल पहिलो वर्गमा २३४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा २३६ रुपैयाँ र तेस्रो वर्गमा २३७ रुपैयाँ पुगेको छ।
आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ कायम गरिएको छ।
पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।













