काठमाडौं, २ वैशाख । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले तत्कालीन उपसभापति पूर्णबहादुर खड्कासँग ७ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ ।
नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको आरोपमा यो कदम चालिएको हो । यसअघि पनि चेतावनी दिइएपछि पुनः सोही कार्य दोहोरिएको समितिको निष्कर्ष छ ।
साथै, निर्वाचनका क्रममा भएका अनुशासन उल्लंघनबारे उजुरी दिने म्याद वैशाख मसान्तसम्म बढाइएको छ ।














