काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले मन्त्रीमा नपरेपछि पदबाट राजीनामा दिएका छन् ।
मन्त्रिपरिषद् पुनर्गठनमा आफू समावेश नभएपछि उनले आजैदेखि लागू हुने गरी सांसद पद त्यागेका हुन् ।
राजीनामा पत्रमा उनले मतदाताप्रति आभार व्यक्त गर्दै कार्यकाल पूरा गर्न नसकेकोमा क्षमायाचना गरेका छन् ।














