काठमाडौं, २ वैशाख । सभामुख डोलप्रसाद -डीपी) अर्यालका तीनवटै सवारी साधन ट्राफिक नियम उल्लंघनका कारण कारबाहीमा परेका छन् ।
बुधबार थापाथलीबाट सिंहदरबार जाँदै गर्दा लेन क्रस गरेपछि ट्राफिक प्रहरीले सिंहदरबारमै पुगेर चिट काटेको हो ।
यसअघि भीभीआईपी सवारीलाई यस्तो कारबाही हुने गरेको थिएन, तर गृहमन्त्रीले सबैलाई समान रूपमा नियम लागू हुने निर्देशन दिएका थिए ।














