काठमाडौं, १ वैशाख । काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिकाको संयोजनमा उपत्यकाका अन्य पालिका र साझा यातायातको सहकार्यमा सेवा सुरु गरिएको हो । राति ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवामा दुईवटा मुख्य रुट तोकिएका छन ।
लगनखेलदेखि बुढानीलकण्ठसम्म -१६ किमी) र थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म -२० किमी)। यी रुटमा ४ वटा विद्युतीय बस सञ्चालन हुनेछन् ।
बसहरू प्रत्येक २० मिनेटमा तोकिएका स्टपहरूमा पुग्ने व्यवस्था गरिएको छ । सेवा उद्घाटन कार्यक्रममा कार्यवाहक मेयर सुनीता डंगोल सहभागी थिइन् ।












