काठमाडौं, १ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ वैशाखभित्र सार्वजनिक गर्ने तयारी गरेका छन् ।
बोर्डका अनुसार उत्तरपुस्तिका र मार्कस्लिप जिल्लाबाट संकलन गरी इन्ट्री प्रक्रिया अघि बढाइएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीले जिल्लाबाट सामग्री आउने क्रम जारी रहेको र आवश्यक डाटा इन्ट्रीको काम भइरहेको बताए ।
यस वर्ष ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीले एसईईका लागि आवेदन दिएका थिए । परीक्षा १९ देखि २९ चैतसम्म सञ्चालन गरिएको थियो । बोर्डले तोकिएको समयमै नतिजा प्रकाशित गर्ने लक्ष्यसहित काम तीव्र बनाएको जनाए ।














