काठमाडौं, १ बैशाख । झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएका छन् ।
दुर्गापुरबाट माइखोलातर्फ मलामी लिएर जाँदै गरेको ट्याक्टरबाट खस्दा कन्काई–१ का २५ वर्षीय विनोद दनुवार गम्भीर घाइते भएका थिए ।
उनलाई कनकाई नगर अस्पताल र पछि बीएण्डसी अस्पतालमा उपचारका लागि लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताए । घटनापछि ट्याक्टर चालक ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।














