एजेन्सी । अमेरिका र इरानबीच मध्यपूर्वको तनाव कम गर्ने उद्देश्यले पुनः वार्ता गर्ने प्रयास भइरहेको छ ।
पाकिस्तानको इस्लामावादमा भएको अघिल्लो वार्ता निष्कर्षविहीन भएपछि दुवै देश आ–आफ्नै अडानमा छन्। यसैबीच, एसोसिएटेड प्रेसका अनुसार बिहीबार नयाँ चरणको वार्ता हुनसक्ने बताइएको छ ।
अमेरिकाले पहल गरिरहेको भए पनि इरानको औपचारिक प्रतिक्रिया अझै आएको छैन ।














