काठमाडौं, ३० चैत । रुबीकुमारी ठाकुरले उपसभामुखका रूपमा आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन्।
ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन्। सो क्रममा उनले डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेटवार्ता गरिन्। सभामुख अर्यालले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
यसअघि चैत २७ गते ठाकुर उपसभामुख पदमा निर्वाचित भएकी थिइन्।














