काठमाडौँ, २७ चैत । काठमाडौँमा नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनियताको शपथ लिएकी छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहमा सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ गराएका हुन् ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहयप्रसाद यादव, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदस्थको उपस्थिति थियो ।
ठाकुर आजै उपसभामुखमा निर्वाचित भएकी हुन् ।














