काठमाडौँ, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत नयाँ पुस्ता राजनीतिमा आकर्षित भएको उल्लेख गर्दै जनताले प्रभावकारी सेवा प्रवाह, विधिको शासन, रोजगारी र आर्थिक-सामाजिक स्थायित्वको अपेक्षा गरेको बताएका छन् ।
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नयाँ संसद्ले आवश्यक कानुन निर्माण गर्ने विश्वास व्यक्त गरे ।
साथै, न्यायपालिकाबाट निष्पक्ष न्याय प्रदान हुनुपर्नेमा जोड दिँदै संविधान कार्यान्वयनमा प्रगति भए पनि अझ धेरै काम बाँकी रहेको बताए ।














