काठमाडौं, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् भवन पुगेको छ ।
सिंहदरबारस्थित प्रतिनिधिसभा बैठक हलमा केहीबेरमै राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका लागि उनी संसद् भवन पुगेका हुन् ।
यसैबीच, आज मध्यरात १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य हुने भएको छ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरि
सकेका छन् ।














