काठमाडौं, २७ चैत । नयाँ मन्त्रीहरूको शपथ आजै हुने भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारअन्तर्गत नियुक्त हुन लागेका श्रम र उद्योग मन्त्रीको शपथ आजै गराइने तयारी गरिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले श्रम मन्त्रालयमा रामजी यादव र उद्योग मन्त्रालयमा गौरीकुमारी यादव लाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूको शपथ ग्रहण कार्यक्रम आजै हुने भए पनि राष्ट्रपति कार्यालयले भने औपचारिक समय तय भइनसकेको जनाए । यसअघि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दीपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए ।
उद्योग मन्त्रालयको जिम्मेवारी भने हालसम्म प्रधानमन्त्री आफैंले सम्हाल्दै आएका थिए । नवनियुक्त मन्त्रीहरू मध्ये रामजी यादव सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरीकुमारी यादव महोत्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।














