काठमाडौं, २६ चैत। प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह लाई पदमुक्त गरेका छन्।
पार्टीको सिफारिसमा उनलाई हटाइएको हो। रास्वपा सभापति रवि लामिछानेले साहमाथि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लगाउँदै फिर्ता बोलाउन आग्रह गरेका थिए।
साहले पत्नीलाई स्वास्थ्य बीमा बोर्डमा पुनः नियुक्ति गर्ने निर्णय विवादमा परेको थियो। उनी मन्त्री बनेको १३ दिनमै पदमुक्त भएका हुन्।
यस्तै, सोही विषयमा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई प्रधानमन्त्रीले सचेत गराएका छन्।














