काठमाडौं, २५ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा गठन गरिएको संविधान संशोधन कार्यदलको पहिलो बैठक सम्पन्न भएको छ ।
संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले बहसपत्र तयार गरी संविधान संशोधनका विषय पहिचान गर्ने निर्णय गरेको छ ।
बैठकमा विभिन्न राजनीतिक दलहरूको धारणा सङ्कलन गरी राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित संशोधन प्रक्रिया अघि बढाइने बताइएको छ ।
साथै संविधानको धारा २७४ अनुसार सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताविरुद्ध हुने गरी संशोधन गर्न नसकिने स्पष्ट पारिएको छ ।
निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी, समानुपातिक प्रतिनिधित्व, प्रदेश संरचना लगायतका विषयमा व्यापक छलफल गरिने जनाइएको छ ।
बैठकमा विभिन्न दलका प्रतिनिधिहरूले हतार नगरी विज्ञ र सरोकारवालासँग छलफल गर्दै अघि बढ्न सुझाव दिएका छन् ।














