काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी -एमाले) की सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रत्यक्ष र समानुपातिक सांसदबीच विभेद गरेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभा को बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकाससम्बन्धी छलफल गरेको तर समानुपातिक सांसदहरूलाई अवसर नदिएको भन्दै असन्तुष्टि जनाइन् ।
त्यस्तै, उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई गैरकानुनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै तत्काल रिहा गर्न मागसमेत गरिन् ।














