काठमाडौँ, २३ चैत । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन इकाईले आफ्ना व्यवसायीमाथि प्रहरीले गरेको धरपकडप्रति आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरेको छ ।
आधारबिनै बिचौलियाÚको आरोप लगाएर ललितपुर मालपोत कार्यालयबाट व्यवसायी पक्राउ गरिएको भन्दै एशोसिएशनले भत्र्सना गरेको हो ।
संस्थाले पेशागत मर्यादा र अधिकारमाथि आघात पुगेको निष्कर्षसहित देशभरका लेखापढी व्यवसायीलाई पेन डाउन गर्न निर्देशन दिएको छ।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिइएको छ । पक्राउ परेकाहरू भने रिहा भइसकेका छन् ।















