काठमाडौँ, २३ चैत । राष्ट्रियसभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध निर्वाचित भएकी छन् ।
राष्ट्रियसभाको बैठकले आज उनलाई उपाध्यक्षमा निर्वाचित घोषणा गरेको हो । दलहरूबीचको सहमतिअनुसार उनको एकल उम्मेदवारी परेको थियो ।
प्रस्तावकमा प्रेमप्रसाद दंगाल रहेका थिए भने समर्थकमा कृष्णबहादुर रोकाय, पूजा चौधरी र मदनकुमारी शाह गरिमा रहेका थिए ।














