काठमाडौं, २३ चैत । पोखराको फेवाताल जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरुङले आफू ठगिएको दाबी गरेका छन्।
उनको सचिवालयका अनुसार लिजमा लिएको जग्गा अतिक्रमण क्षेत्रभित्र पर्ने तथ्य जग्गाधनीले लुकाएको भन्दै गुरुङसहित साझेदारहरू कानुनी उपचारमा जाने तयारीमा छन्।
गुरुङले जग्गा मापदण्डभित्र नपर्ने विश्वास दिलाइएपछि लगानी गरिएको तर पछि वास्तविकता थाहा पाएपछि निर्माण कार्य रोकिएको बताएका छन्।
उता जग्गाधनीले भने भाडा नतिरेको आरोप लगाउँदै सार्वजनिक रूपमा भुक्तानी गर्न आग्रह गरेका छन्।














