काठमाडौं, २२ चैत। रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा सर्वसम्मत निर्वाचित भएका छन्।
आज बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले उनको निर्विरोध चयन भएको घोषणा गरेका हुन्।
अर्यालको उम्मेदवारी एक मात्र परेपछि रवि लामिछानेले प्रस्ताव पेस गरेका थिए भने अर्थमन्त्री स्वर्णिम वाग्ले र कानुनमन्त्री सोविता गौतमलगायतले समर्थन गरेका थिए।
वक्ताहरूले अर्याललाई अनुभवी र तटस्थ भूमिका निर्वाह गर्न सक्षम नेताका रूपमा उल्लेख गरेका छन्।
बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।














