काठमाडौँ, २१ चैत । काठमाडौँबाट कलाकार सागर लम्साल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार उनलाई बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको हो ।
अमेरिकामा बस्दै आएकी एक युवतीले एक वर्षअघि आफूलाई लम्सालले बलात्कार गरेको आरोप लगाएपछि उनीमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














