काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा अर्याललाई सर्वसम्मत रूपमा उम्मेदवार बनाएको प्रवक्ता मनिष झाले जानकारी दिए।
सभामुखको निर्वाचन चैत २२ गते हुने तय भएको छ ।














