काठमाडौं, १९ चैत । राप्रपाका प्रमुख ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको बैठकमा प्रदेश संरचना खारेजका लागि आफ्नो दलले सहयोग गर्ने बताएका छन् ।
शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनमा वार्षिक १ खर्ब रुपैयाँ खर्च भइरहेको उल्लेख गर्दै भने, प्रदेश खारेज गर्न दुई तिहाइ बहुमत आवश्यक छ, १८४ जना चाहिन्छ, हामी १८७ जना पु¥याउन तयार छौं ।
शाहीको यो प्रस्तावले संसद्मा प्रदेश संरचनाको भविष्य र सरकारी खर्चबारे नयाँ बहस सुरु हुने संकेत दिएको छ ।














