काठमाडौं, १९ चैत । श्रम संस्कृति पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधिसभाको रोस्ट्रमबाट एमसीसी सम्झौता खारेजको माग गरेका छन् ।
बिहीबारको पहिलो संसद बैठकमा सम्बोधन गर्दै सम्पागले भने, æएमसीसीले हाम्रो राष्ट्रिय स्वाधीनता र आर्थिक सत्तामा बाधा पु¥याउने भएकाले यसलाई तत्काल खारेज गर्नुपर्छ ।
उनले संसदमा एमसीसीका विषयमा व्यापक छलफल हुनुपर्ने र जनताको इच्छाविपरीत निर्णय नगर्न सरकारलाई चेतावनी पनि दिएका छन् ।
सम्पागले एमसीसी सम्झौता राष्ट्रिय हितको विरोधी भएको भन्दै यसले देशको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव पार्ने बताएका छन् ।














