काठमाडौँ, १९ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्न १८ सदस्यीय कार्यदल गठन गरेको छ ।
सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा गठन भएको कार्यदलमा विभिन्न मन्त्रालय, विभाग र सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।
कार्ययोजनाले मनसुनजन्य विपद् जोखिम न्यूनीकरण गर्दै सबै तहका निकायलाई समन्वयमा काम गर्न मार्गदर्शन गर्नेछ । सुझाव संकलनका लागि एक साताको समय दिइएको छ ।














