काठमाडौं, १८ चैत । हवाई इन्धनको मूल्य वृद्धि भएपछि नेपालमा आन्तरिक हवाई भाडा बढाइएको छ ।
नेपाल वायुसेवा सञ्चालक संघले फ्युल सरचार्ज समायोजन गर्दै नयाँ भाडादर लागू गरेको हो । अब विभिन्न रुटमा १,६०० देखि ५,४८० रुपैयाँसम्म सरचार्ज थपिएको छ ।
काठमाडौंबाट धनगढी रुटमा सबैभन्दा बढी ५,४८० रुपैयाँ वृद्धि भएको छ भने जनकपुरमा १,६०० रुपैयाँ थपिएको छ ।
नयाँ व्यवस्था अनुसार अब काठमाडौंबाट ट्रंक रुटमा न्यूनतम करिब ३,३४४ रुपैयाँदेखि अधिकतम २३,०५९ रुपैयाँसम्म भाडा लाग्नेछ ।














