काठमाडौं, १८ चैत । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा -बादल-लाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका कारण हिरासतमा रहेकाले उनी मुक्त नहुँदासम्म बादलले कार्यवाहक अध्यक्षको भूमिका सम्हाल्ने भएका हुन् ।
साथै, आजै बसेको संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेता पनि चयन गरेको छ । एमालेबाट प्रतिनिधिसभामा २५ सांसद निर्वाचित छन् र बादल पार्टीमा दोस्रो वरियतामा पर्छन् ।














