काठमाडौँ, १७ चैत । प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईँ नियुक्त भएका छन् ।
बजगाईँ यसअघि काठमाडौँ महानगरपालिकाका मेयरको समयमा पनि शाहका प्रेस सहजकर्ताका रूपमा काम गरिसकेका थिए ।
नयाँ जिम्मेवारीमा उनी प्रधानमन्त्रीको सचिवालय र सञ्चारमाध्यमबीच समन्वयकारी भूमिका निर्वाह गर्नेछन् । नियुक्ति राजनीतिक नियुक्ति अन्तर्गत विज्ञ सुविधासहित गरिएको छ ।














