काठमाडौं, १७ चैत । रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
मंगलबार बिहान बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा समसामयिक राजनीति, मधेसको विकास र प्राथमिकताका योजनाबारे छलफल भएको थियो ।
दुवै नेताले पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने सहमति गरेका छन् ।














