काठमाडौं, १६ चैत । सरकारले चैत १९ गते संघीय संसद् अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । प्रतिनिधि सभामा नयाँ सांसद आइसकेपछि संसद्को पहिलो अधिवेशन आह्वान गर्न लागिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् ।














