जनकपुर, १६ चैत । जनकपुरका फुटपाथ खाली गराउन प्रदेश सरकार सक्रिय बनेको छ ।
गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा गंगासागर क्षेत्र आसपासको अवैध बजार जेसिबी प्रयोग गरेर हटाउने काम भइरहेको छ ।
वर्षौँदेखि स्थानीय तहले गर्न नसकेको व्यवस्थापन अहिले प्रदेश सरकारले थालेपछि स्थानीयले स्वागत गरेका छन् । केहीले यसलाई बालेन स्टाइल कार्यशैलीसँग तुलना गरेका छन् ।
यता, प्रभावित व्यापारीहरूले आफूहरूले ठेकेदारलाई पैसा तिर्दै आएको तर कुनै आधिकारिक बिल नपाएको गुनासो गरेका छन् ।














