काठमाडौं, १३ चैत । नवनिर्मित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट चार महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले जेनजी आन्दोलनसँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अन्य निर्णयहरू पनि जनसरोकारका विषयमा केन्द्रित रहेका छन् ।
यो छ बैठकका निर्णय
– भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।
–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।
–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)
–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।














