काठमाडौं, १२ चैत । नेपाली कांग्रेसले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेका छन् ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार, प्रतिवेदनले २४ भदौको घटनालाई पर्याप्त प्रकाशमा नल्याएको र आंशिक रूपमा अधुरो देखिएको छ ।
प्रतिवेदनको गहन अध्ययनका लागि कांग्रेसले कानुनका विज्ञ, शासनमा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनका युवा अभियन्ता समावेश समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिले कार्की आयोगसँगै राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएको प्रतिवेदनहरूको पनि विश्लेषण गरी कांग्रेसको आधिकारिक दृष्टिकोण तयार गर्नेछ ।














