काठमाडौं, १२ चैत । नेपाल बार एशोसियसनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमाथि असहमति जनाउँदै विरोध गर्ने निर्णय गरेका छन् ।
बारका अध्यक्ष डा. विजयप्रसाद मिश्रका अनुसार, प्रतिवेदनमा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतामा प्रहार, कानुन व्यवसायीमाथि लान्छना र आपत्तिजनक टिप्पणीहरू छन् ।
बारले प्रतिवेदनबारे ज्ञापन पत्र सर्वोच्च अदालतमा बुझाउने र विस्तृत अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
उनले प्रतिवेदनमा केही फैसलाप्रति अस्वाभाविक टिप्पणी, आत्मपरक व्याख्या र समितिका पदाधिकारीहरूको काम कारबाही बाहिर गरेको जस्ता विषय समावेश भएको जनाएको छ ।














