काठमाडौं,२९ फागुन । दार्चुलामा निर्वाचन सकेर विदाईसहित घर फर्किने क्रममा भिरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएका छन् ।
भीरबाट लडेर गम्भिर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले बताए ।
उनलाई धनगढी लगिएकामा उपचारका क्रममा शुक्रवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।













