KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

धरानमा पार्किङमा रहेका बसमा आगलागी, तीन बस जलेर नष्ट

काठमाडौं, २७ फागुन । सुनसरी धरानमा पार्किङमा राखिएका ६ वटा बसमा आगलागी भएका छन् ।

मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले बताएको छ ।

उनका अनुसार तीनवटा बसमा आंशिक क्षति भएको छ । उनका अनुसार को. १ ख ६२७४ नम्बरको कृष्ण बस पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्र. १–०१–००१ ख ४०३७ नम्बरको कन्काइ यातायात, बा. ४ ख ५७५९ नम्बरको पाथिभरा दर्शन बस पनि पूर्ण रूपमा जलेको छ ।

को. १ ख ३८४७ नम्बरको सुपर मादेन, बा. ५ ख ५८१४ बस, र बा. ५ ख ५८०९ नम्बरको बसमा आशिंक क्षति पुगेको छ । डीएसपी खड्काका अनुसार आगलागीको कारण अनुसन्धान भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा व्यक्तिले आगजनी गरेको जस्तो देखिँदैन ।

बसभित्रै तार सर्ट भएर आगलागी भएको जस्तो देखिएको छ,’ उनले भने, ‘सीसी टिभी फुटेज हेर्दा कुनै शंकास्पद गतिविधि पनि देखिएको छैन । थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार को १ ख ६२७४ को बसबाट आगो सुरु भएको थियो । विराटनगर–धरान रुटमा चल्ने यो बसमा एक महिनाअघि पनि कुदिरहेकै अवस्थामा आगो लागेको थियो ।

‘विराटनगर धरान रुटमा चल्ने ६२७४ नम्बरको बसमा पहिले पनि आगलागी भएको रहेछ, सुरुमा सोही बस जलेको देखिन्छ,’ डीएसपी खड्काले भने, ‘यो बस राति ९ बजेतिर पार्किङका लागि ग्यारेजमा प्रवेश गरेको देखिन्छ, साढे ९ बजेबाट आगलागी सुरु भयो, प्रहरीलाई जानकारी करिब १० बजे मात्रै पुगेको छ ।’

Facebook Comment

Related Posts

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar