झापा, २२ फागुन । झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन साहले अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो परिणामअनुसार शाहले ६ हजार ५५१ मत प्राप्त गर्दै आफ्नो मतान्तर ५ हजार १२३ पु¥याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपि शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २१६ मत तथा नेकपाका उम्मेदवार रन्जित तामाङले १६५ मत प्राप्त गरेका छन् ।














