सिरहा, १५ फागुन । गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ।
स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान निधन भएको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार टिपरको ढाला उठाउँदा माथिल्लो विद्युत् तारमा छोइँदा करेन्ट लागेको थियो।
घटनापछि गम्भीर घाइते साहलाई अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।














