रौतहट, ९ माघ । रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका पथरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।
तीव्र गतिका कारण भएको दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।














