मकवानपुर, २१ पुष । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको सुमो (ना १ ज १७७८) तीव्र ओरालोमा अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ ।
सुमोमा सवार ९ जनामध्ये ३ जना गम्भीर घाइते भई हेटौँडास्थित अस्पतालमा उपचाररत छन् ।
मृतकहरूको पहिचान खुल्न बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














