मोरङ, ४ पुष । मोरङ र बागलुङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ वर्षीय बालकसहित दुई जनाको मृत्यु भएको छ ।
मोरङको सुनवर्षीमा मोटरसाइकलको ठक्करबाट ६२ वर्षीय साइकल यात्री जयरामप्रसाद दासको उपचारका क्रममा मृत्यु भयो। दुर्घटनामा मोटरसाइकल चालक घाइते छन् ।
त्यस्तै बागलुङमा जिपको ठक्करबाट ५ वर्षीय सूर्य ढुङ्गानाको मृत्यु भएको छ । जिप चालक प्रहरी नियन्त्रणमा छन् । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














