काठमाडौं, १५ मंसिर । सिन्धुलीको दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्ने क्रममा दहमा डुबेर मृत्यु भएका छन् ।
आइतबार साँझ माछा मार्ने भन्दै घरबाट निस्केका विक रातभरि नफर्किएपछि परिवारले खोजतलास शुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार मंगलबार बिहान दुधौली–६ स्थित कमला खोलाको दहमा विकलाई स्थानीयले डुबेको अवस्थामा फेला पारेका थिए।
प्रहरीका अनुसार उनी सोमबार बिहान ११ः३० बजे उत्तानो अवस्थामा मृत भेटिएका हुन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।














