काठमाडौं, १२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।
कप्तान सोमपाल कामीले टस जितेसँगै विराटनगर किंग्सलाई बलिङका लागि मैदान पठाएका हुन् । कर्णाली याक्सले आजको खेलका लागि टोलीमा एक बदलाव गरेको छ ।
विकेटकिपर–ब्याटर अर्जुन घर्तीको स्थानमा दीपक डुम्रेलाई प्लेइङ–११ मा समावेश गरिएको छ । विराटनगर किंग्सले भने तीन परिवर्तन गरेको छ—सूर्य तामाङ, नरेन भट्ट र सुशभ रन्जानेको स्थानमा साहिल पटेल, सुवास भण्डारी र शेहान जयासूर्यलाई टोलीमा समावेश गरिएको छ ।
प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा ३ जितसहित ६ अंक बटुलेर दोस्रो स्थानमा रहेको छ । कर्णाली याक्सले भने ३ खेलमा एक जित र दुई हार व्यहोरी २ अंकसहित पाँचौं स्थान ओगटेको छ ।














