काठमाडौं, ९ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले हालको सरकार कसैको दबाब वा निगाहामा नभएको र विशिष्ट परिस्थितिमा जिम्मेवारी सम्हालिएको बताएका छन् ।
भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सरकार शान्ति–सुरक्षा सामान्य अवस्थामा लैजान, सुशासन स्थापित गर्न र भ्रष्टाचार नियन्त्रणमा सफल हुँदै गएको दाबी गरे ।
जेनजी युवाको प्रदर्शनपछि बनेको सरकारले त्रासदिपूर्ण अवस्थालाई सम्हाली निर्वाचनसम्म पु¥याउने जिम्मेवारी पुरा गर्ने उनले स्पष्ट पारे ।
लुटिएका हतियार फिर्ता ल्याउने, फरार कैदी पक्राउ गर्ने कार्यमा उल्लेख्य प्रगति भएको पनि उनले बताए ।
अर्यालले सरकारले व्यक्तिगत आकांक्षाभन्दा देशको आवश्यकता र स्थायित्वलाई प्राथमिकता दिएको बताउँदै, सुशासनको बलियो आधार तयार गरी निर्वाचित सरकारलाई सहजै सत्ता हस्तान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गरे ।














