जनकपुर, ८ मंसिर । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको आज पाँचौँ दिन जानकीको मटकोर मनाइँदै छ ।
दिउँसो जनकपुरस्थित धार्मिक तथा ऐतिहासिक गंगासागरमा परम्परागत रीति अनुसार जानकीको मटकोर गरिने कार्यक्रम गरिने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।
बाजागाजा सहितको शोभायात्रासहित गंगासागरमा पुगेर मिथिली परम्परा अनुसार मटकोर गरिन्छ । मटकोरमा सीताको प्रतीक मानिने बालिकामार्फत विधि सम्पन्न गरिने चलन छ ।
मटकोरपछि भोलि मंगलबार भगवान् राम र जानकीको डोला फेर गरी स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम हुने छ ।














