विराटनगर, ७ मंसिर । विराटनगर एयरपोर्ट बाहिर नेकपा (एमाले) नेता महेश बस्नेत चढेको गाडीमा दुई युवाले रातो रङ मिश्रित पानी भरिएको बेलुन प्रहार गरेका छन् ।
नाराबाजी गर्दै गरिएको उक्त घटनामा संलग्न विराटनगरका १९ वर्षीय अर्पित कुँवर र २५ वर्षीय सञ्जोग गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
बस्नेत इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन काठमाडौंबाट आएका थिए । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।














