काठमाडौं, ७ मंसिर । प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएर एमाले सडक आन्दोलन गर्दै अघि बढिरहेको बेला नेपाली कांग्रेसले भने निर्धारित निर्वाचनमा जाने औपचारिक निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २१ फागुनमा तोकिएको प्रतिनिधिसभा चुनाव नै वर्तमान राजनीतिक अवस्थाको उचित समाधान हो ।
कांग्रेसले चुनावमार्फत संविधानको रक्षा र जेन–जी आन्दोलनले उठाएका परिवर्तनका आवाजलाई संस्थागत गर्न सकिने विश्वास व्यक्त गरेको छ ।
प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दालाई भने पार्टीले अदालतको विचाराधीन विषय भन्दै त्यसबारे न्यायालयको निर्णयको प्रतीक्षा गर्ने बताएको छ ।














