कैलाली, २३ कार्तिक । कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा आइतबार बिहान तरकारी बोकेको जिप (लु २ च २३५८) ले साइकल र पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका–६ का ५५ वर्षीय शंकर डगौरा रहेका छन् । घाइतेमध्ये पदमबहादुर शाही, हर्कबहादुर डगौरा र कृष्ण डगौराको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ ।
चालक सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि स्थानीयले पूर्व–पश्चिम राजमार्ग बौनियाँदेखि सुखडसम्म बन्द गरेका छन् ।














